राष्ट्रिय सभा निर्वाचनको पछिल्लो मत परिणाम | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

राष्ट्रिय सभा निर्वाचनको पछिल्लो मत परिणाम

काठमाडौं, ९ माघ । राष्ट्रिय सभाको १८ सिटका लागी बिहिवार सम्पन्न निर्वाचनको मतगणना जारी छ । पछिल्लो परिणाम अनुसार प्रदेश १ बाट नेपकपाका गोपीबहादुर अछामी, देबेन्द्र दहाल र ईन्दिरा गौतम बिजयी हुनुभएको छ ।

प्रदेश २ मा नेकपा र राजपाको संयुत प्यानल बिजयी भएको छ । महिलातर्फ नेकपाकी तुलसा दाहाल, दलिततर्फबाट नेकपाकै राधेश्याम पासवान, खुल्ला तर्फबाट राजपाका मृगेन्द्र कुमार सिँह, र अल्पसंख्यकका तर्फबाट राजपाकै शेखर कुमार सिँह निर्वाचित हुनु भएको छ ।

गण्डकी प्रदेशबाट राष्ट्रियसभाको दुई सिटका लागि भएको निर्वाचनमा नेकपाका प्रवक्ता समेत रहनु भएका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित हुनुभएको छ ।

प्रदेश ५ बाट खुल्ला तर्फ नेकपाका गोपाल भट्टराई, अपांगता तथा अल्पसंख्यकबाट जगप्रसाद शर्मा, महिलातर्फ बिमला घिमिरे निर्वाचित हुनु भएको छ ।

यता कर्णाली प्रदेशबाट नेकपाका मायाप्रसाद शर्मा र सुमित्रा बिसी निर्वाचित हुनुभएको छ ।

सुदूरपश्चिम प्रदेशबाट नेकपाका उम्मेदवार शारदा भट्ट विजयी हुनुभएको छ ।

५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ अर्थात १९ जनाको दुईवर्षे पदावधि आगामी फागुन २० गते सकिँदै छ । पदावधि सकिनेमा एक जना राष्ट्रपतिबाट मनोनीत गरिने भएकाले सो ठाउँमा सोही प्रक्रियाबाट पदपूर्ति हुनेछ ।

१८ सदस्यका लागि बिहिवार मतदान भएको हो । राष्ट्रिय सभामा हाल नेकपाका ३९ मध्ये ८, कांग्रेसका १३ मध्ये ७, राजपाका २ मध्ये २ र समाजवादीका २ मध्ये १ जनाको दुईवर्षे पदावधि सकिन लागेको छ ।

अब निर्वाचित हुनेको पदावधि ६ वर्ष हुनेछ । उनीहरूले आगामी फागुन २१ गतेबाट जिम्मेवारी सम्हाल्ने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);