काठमाडौं, ८ माघ । नीजि क्षेत्रको दुरसंचार प्रदायक संस्था एनसेलले ‘भ्रमण बर्ष २०२०’ लाई लक्षित गरी ‘टुरिष्ट सिम’ योजना ल्याएको छ । विश्वका बिभिन्न देशबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई फोन र इन्टरनेटमा सहजता ल्याउन एनसेलले उक्त योजना ल्याएको जनाएको छ ।
उक्त योजना आजैबाट लागू भएको एनसेलले जनाएको छ । एनसेलका अनुसार ‘टुरिष्ट सिम’ कर सहित एक सय रुपैयाँमा पर्यटकका लागी उपलव्ध हुनेछ भने उक्त सिममा ३० रुपैयाँ मेन ब्यालेन्स र १ महिना अवधीको १ जिवि डाटा प्याक हुनेछ ।
‘टुरिष्ट सिम’बाट सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टकटाईम र डेटा प्याकको सुविधा हुने एनसेलले जनाएको छ ।
यस्तै एनसेलले पर्यटक लक्षित बिभिन्न कम्वो प्याकहरु समेत ल्याएको छ । कम्वो प्याकहरु कर सहित २ सय ९०, चार सय ९० र नौ सय ८० रुपैयाँसम्ममा ‘टुरिष्ट सिम’मा खरिद गर्न सकिने छ ।




