सुदूरपश्चिम प्रदेश सभाले तेस्रो स्थापना दिवस मनायो | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

सुदूरपश्चिम प्रदेश सभाले तेस्रो स्थापना दिवस मनायो

कैलाली, ७ माघ । सुदूरपश्चिम प्रदेश सभाको तेस्रो स्थापना दिवस मंगलबार मनाइएको छ । प्रदेश सभा स्थापनाको दुई वर्ष पूरा भइ तेस्रो वर्ष लागेको अवसरमा मंगलबार दिवस मनाइएको हो ।

यस अवसरमा आयोजित औपचारिक कार्यक्रमको प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले उद्घाटन गर्नु भयो । सो अवसरमा सुदूरपश्चिम प्रदेश सभामुख अर्जुनबहादुर थापाले नयाँ व्यवस्था भएका कारण केही समस्याहरु उत्पन्न भएपनि प्रदेश सरकार अगाडी बढीरहेको बताउनु भयो ।

कार्यक्रममा सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले संघीयता स्थापनासंगै प्रदेश सरकार आएपछी सुदूरपश्चिम प्रदेशले विकास र सुशासनमा गति लिएको उल्लेख गर्नु भयो ।

दिवसको अवसरमा प्रदेश सभा स्थापनादेखि कार्यरत कर्मचारीलाई नगदसहित पुरस्कृत गरिएको छ । २०७४ माघ ७ गते प्रदेश सभाको स्थापना भएको थियो । दुई वर्षमा प्रदेश सभाबाट ३२ वटा विधेयक पारित भइ प्रमाणीकरण भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);