अव्यवस्थित तार हटाउन थालेपछि ठमेलमा इन्टरनेट सेवा अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

अव्यवस्थित तार हटाउन थालेपछि ठमेलमा इन्टरनेट सेवा अवरुद्ध

mobile internet

काठमाडौं, ७ पुस । काठमाडाैंको ठमेल क्षेत्रका अव्यवस्थित बिजुली लगाएत इन्टरनेटका तारहरुलाई व्यवस्थापनका नाममा हटाईएको छ । विजुलीका तारमा केही सुधार भए पनि ईन्टरनेटका तारहरुको व्यवस्थापन नहुँदा ठमेल अहिले इन्टरनेट सेवा र सामाजिक संजालको पहुँचभन्दा बाहिर छ ।

बैकल्पिक व्यवस्था नगरी गरिएको यस्तो कार्यले व्यापार व्यवसायमा असहज परिस्थिति सिर्जना भएको व्यापारीहरुले गुनासो गरेका छन् ।

पर्यटन बर्ष २०२० नजिकिदै गर्दा काठमाडाैं महानगरपालिका र ठमेल पर्यटन विकास परिषदले संयुक्त रुपमा ठमेलका घरका भित्ता र पोलहरुमा अव्यवस्थित रुपमा टाँगिएका तारहरुलाई व्यवस्थापन गर्नका लागी तारहरुलाई धमाधम काट्ने काम गरेको छ ।

ठमेल पर्यटकीय क्षेत्र भएको हुँदा यस क्षेत्रमा विद्युत, टेलिफोन, इन्टरनेट, केवल टिभि लगायतका सेवाप्रदायक निकायहरुका तारहरुको चाँप बढि थियो । ती तारहरु लथालिंग अवस्थामा रहेको र शहरलाई कुरुप बनाएको भन्दै ती तारहरु हटाउने नाममा बैकल्पिक व्यवस्था विनै धमाधम तार काटिएको हो ।

यसरी अव्यवस्थित रुपमा रहेको तारलाई व्यवस्थापन गर्न लागेकोप्रति व्यापारीहरुले खुसी व्यक्त गरेका छन् । कुनै विकल्प विना ठमेल क्षेत्रमा अत्यावस्यक मानिएको केवल इन्टरनेट लगाएतका सेवाप्रदायकहरुको तार हटाइँदा असहज परिस्थिति सिर्जना भएको व्यापारीहरुले बताएका छन् ।

ठमेलमा इन्टरनेट सेवा नहुँदा बाह्य पर्यटकहरुले रकम बोकेर आउने र केही समान किन्न र खाएको विल तिर्नका लागी कार्ड स्वाइप गर्नका लागी अप्ठ्यारो परेको व्यवसायीहरुको गुनासो छ ।

ठमेल क्षेत्रमा यस्ता अव्यवस्थित तारहरु हटाईनु सकारात्मक भए पनि बैकल्पिक व्यवस्था दिएरमात्र हटाईएको भए अवस्था सामान्य नै रहन्थो तर विना विकल्प तारहरु हटाउने नाममा कुनै व्यवस्था विनै तारहरु हटाइँदा व्यापारी र पर्यटकलाई समेत असहज परिस्थिति सिर्जना भएको छ । साथै सहरलाई व्यवस्थित गर्ने नाममा हटाईएका तारहरु सडकमै त्यत्तिकै छाडिँदा दुर्घटनाको जोखिम बढेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);