महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतद्वारा सदर | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतद्वारा सदर

mahara_pakrau

काठमाडौं, ३ पुस । उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासकोे आरोपमा पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको सुनुवाई गर्नुपर्ने आदेश जारी गरेको छ ।

बिहीबार उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकबहादुर कुँवरको इजलासले जिल्ला अदालत काठमाडौंको गत कार्तिक १८ गतेको आदेशलाई सदर गर्दै उक्त आदेश जारी गरेको हो ।

‘तत्काल प्राप्त प्रमाणका आधारमा कसुरमा संलग्न होइनन् भन्न सक्ने अवस्था नरहेको’ भन्दै जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्ष थुनामा पठाउने आदेश गरेको थियो । जिल्ला अदालत काठमाडौंको आदेशपछि महरा डिल्लीबजार कारागारमा हुनुहुन्छ ।

आफूलाई कानूनी आधारविना पुर्पक्षका लागि थुनामा पठाएको भन्दै महराले आदेश बदरको माग राखी उच्च अदालतमा निवेदन दिनुभएको थियो । बलात्कार प्रयासको मुख्य मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधिन छ ।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले आफ्नो कोठामा आएर बलात्कारको प्रयास गरेको प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीका आधारमा प्रहरीले महरालार्ई असोज १९ मा पक्राउ गरेको थियो ।

झण्डै एक महिनाको अनुसन्धानपछि कार्तिक १४ गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । महरामाथि साढे ७ वर्ष कैदको माग दाबी थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);