आइतबार नेप्से ३.४५ अंकले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

आइतबार नेप्से ३.४५ अंकले बढ्यो

काठमाडौं, २२ मंसिर । साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्से तीन दशमलब चार पाँच अंकले बढेर एक हजार एक सय ३५ दशमलब तीन सात अंकमा पुगेको छ ।

आइतबार कारोबारमा आएका १ सय ७१ कम्पनीका ९ लाख ८७ हजार ७ सय ३९ कित्ताशेयर २८ करोड ७५ लाख २७ हजार ८ सय २५ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि एक दशमलब सात पाँच अंकले बढेर दुई सय पचास दशमलब पाँच दुई अंकमा पुगेर बन्द भएको छ ।

आइतबार कारोबार भएका १२ समूहमध्ये ६ वटा समूहको परिसूचक उकालो लागेको छ । जस्मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापकको सबैभन्दा बढी दुई करोड १३ लाखको शेयर कारोबार भएको छ ।

त्यस्तै कञ्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी ७ दशमलब एक शून्य प्रतिशतले कमाएका छन, भने नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ३ दशमलब आठ चार प्रतिशतले गुमाएका छन्।