दुर्घटनाले सक्छ वर्षको ३० अर्ब | ईमाउण्टेन समाचार

Our Network

भदौ २६ २०८३, शनिबार

दुर्घटनाले सक्छ वर्षको ३० अर्ब

sarlahi bus durghatana

काठमाडौं, २२ मंसिर । अन्नपूर्ण पोष्ट दैनिकमा दुर्घटनाले सक्छ वर्षको ३० अर्ब शीर्षकमा समाचार छ । नेपालमा सडक दुर्घटनामा बर्सेनि सयौं मानिसले ज्यान गुमाएका छन् । जीवन गुमाउनेभन्दा दोब्बर संख्यामा गम्भीर घाइते छन्। यसबाट परिवार, समाज र राष्ट्रले ठूलो मूल्य चुकाइरहेको छ ।

दुर्घटनाबाट हुने मानवीय क्षतिको मूल्य छैन। पारिवारिक र सामाजिक पीडाको मापन हुँदैन । दुर्घटनाबाट अर्थतन्त्रमा हुने क्षतिका सम्बन्धमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले केही समयअघि अध्ययन गरेको थियो । अध्ययनले सडक दुर्घटनाबाट नेपालको अर्थतन्त्र (कुल गार्हस्थ उत्पादन)मा ०.८ प्रतिशत क्षति भएको अनुमान छ।

अध्ययन २०७२ सालमा भएको थियो। त्यसयता नेपालमा सवारीसाधन दुर्घटना र मृत्यु हुनेको संख्या बढिरहेकाले कम्तीमा पनि ०.९ प्रतिशत हाराहारीमा अर्थतन्त्रमा क्षति भइरहेको अनुमान छ । दुर्घटना बढ्दा यस्तो क्षति बर्सेनि बढ्दो छ । सडक दुर्घटनाले नेपाली अर्थतन्त्रमा अघिल्लो आर्थिक वर्षमा ३० अर्बभन्दा बढीको क्षति पुगेको आँकलन छ ।

गत आर्थिक वर्षमा नेपाली अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब रुपैयाँ छ। ट्राफिक प्रहरी निर्देशनलायका अनुसार यो वर्ष साउनयता चार महिना (आर्थिक वर्ष २०७६ र ७७ साउन–कात्तिक) मा देशभर ५ हजार नौ सय ८१ सडक दुर्घटना भएका छन्। ती दुर्घटनामा पाँच सय ८२ जना मारिएका छन्। एक हजार ६ सय ९२ जना गम्भीर घाइते छन्।

ताजा समाचार