मध्यरातमा बालिकामाथि बलात्कारको कोशिस, विरोध गर्दा जिउँदै जलिन् | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८२, सोमबार

एजेन्सी, २९ भदौ । भारत उत्तर प्रदेशको कोखराज इलाकामा एक सनसनीपूर्ण घटना बाहिरिएको छ । जहाँ एक बालिकामाथि बलात्कारको कोशिसपछि जिउँदै जलाईएको छ । ती बालिकाको उपचारको क्रममा मत्यु भएको हो ।

गाउँकै मान सिंह नाम गरेको पुरुष मध्यरातमा बालिकाको घरमा घुसेर बलात्कारको कोशिस गरे । तर बालिकाले प्रतिकार गर्दा ती पुरुषले घरको भान्छामा लगि मट्टितेल छरेर जिउँदै आलो लगाईदिएका हुन् ।

उस समय घरमा बालिकाकी हजुरआमा पनि थिईन् । जब हजुरआमाले नातिनीको चित्कार सुनेर आईन् ती व्यक्तिले हजुरआमा माथि समेत कुटपिट गरेका थिए ।

बलात्कारको कोशिस गर्ने व्यक्ति अहिले प्रहरी हिरासतमा छन् ।