व्यापारीसंग घर छ, लालपूर्जा छैन | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

व्यापारीसंग घर छ, लालपूर्जा छैन

kapilbastu

शम्भु माली

कपिलबस्तु, २० मंसिर । कपिलबस्तु बजारका अधिकांस व्यापारीसंग बस्ने आफ्नै घर छ, तर कानुनीरुपमा लालपुर्जा अर्थात प्रमाण भने छैन । आफैले वर्षौदेखि भोगचलन गर्दै आएको जग्गा र दु : ख गरी बनाएको घर भए पनि लालपूर्जा नहुँदा बजारका व्यापारीहरुलाई बैकबाट ऋण लिएर खनखाँचो टार्न कठिन भएको छ ।

सरकारले मालपोतको काम कम्युटर सिस्टममा लग्दा बाल बिटोरीका जग्गाबारे आवश्यक व्यवस्था नगरी कार्य संचालन गर्दा कपिलबस्तु बजारका अधिकांस व्यापारी चिन्तीत छन् । कपिलबस्तु नगरपालिका भित्र पर्ने वाड नं. १ को बजार क्षेत्र, वडा ४ को गोटिहवा, कृष्णनगर नगरपालिकको २ को भन्डेनगर, ४ को सिर्सहवामा नापी नभएका कारणले वर्षौ देखी भोगचलन गर्दै आएको घरजग्गा विक्रिवितरण र बैकंङ कारोबार हुन सकेको छैन । नापी नभएको कारणले ती घर जग्गा धनीहरु आफ्नो जग्गाहरु धितोमा राखेरा क्रण लिएर कुनै व्यवसाय गर्न पाएका छैनन् । उनीहरु पटक पटक नापी कार्यालय धाए तर अहिले सम्म उनीहरुको सुनवाई भएको छैन ।

तौलिहवा बजार भित्र जती घर जग्गाहरु छन् ती सबै बाल बिटोरीमा छन् । बालबिटोरीका कारण जग्गाधनीलाई आफनो जग्गा बच्ने पाउने आधिकार समेत छैन । सरकारले सौलियत ऋण र समृद्धीको नारा लगाइरहँदा कपिलबस्तुका व्यापारीले भने वर्षौदेखि भोगचलन गर्दैै आएको जग्गालाई व्यवसायका लागी उपभोग गर्न नपाउनु दुरभाग्यपुर्ण भएको अधिकारकर्मीको भनाई छ ।

यता कपिलबस्तुका नापी टोली प्रमुख महेश यादव भने बजार क्षेत्रमा बजार ब्लक लेखिएका कारण नापिको काम अगाडि नबढेको बताउनु हुन्छ । बजार ब्लक लेखिएकाले विभागबाट निर्देशन आएपछि मात्र नापिको काम अगाडी बढ्ने छ । यता गोटिहवाको ५० प्रतिशत जग्गा नाप्ने काम सकिए पनि विवादका कारण काम रोकिएको यादवको भनाई छ ।

सरकारको उदासिनता र सरोकारवालाले समस्या समाधानमा कम चासो देखाउदा स्थानियको आर्थीक कारोबार र दैनिकीमा नै नराम्रो असर परेको छ । स्थानीयको वर्षाैदेखिको आवाज र दवावपछि जग्गा नापी भएपनी कपिलबस्तु नगरपालिकाका र कृष्ण नगरपालिकाका गरी झण्डै ४६ बिगहा जग्गा अझै नापी हुन बाँकी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);