महिला क्रिकेट : बंगलादेशद्धारा नेपाल पराजित | ईमाउण्टेन समाचार

Our Network

साउन १४ २०८३, शुक्रबार

महिला क्रिकेट : बंगलादेशद्धारा नेपाल पराजित

nepali cricket

काठमाडौं, १८ मंसिर । १३ औं साग अन्तर्गत महिला क्रिकेटमा नेपालले बंगलादेशसँग १० विकेटको हार व्यहोरको छ । बुधबार पोखमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपाल ५० रनमै समेटिएको छ ।

५१ रनको झिनो लक्ष्य बंगलादेशले मात्र ७.४ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो । बंगलादेशकी मुर्सिदा खातुन २१ र आयशा रहमानले १७ रनमा अविजित रहेका थिए । १९.२ ओभरमा अलआउट भएको नेपालका लागि तीन खेलाडीले मात्र दोहोरो अंकमा रन बटुल्न सकेका थिए ।

नेपालका ओपनर काजल श्रेष्ठ ५ बल खेल्दै खाता नखोली आउट भएपछि नेपालको विकेट पतन सुरु भएको थियो । अर्का ओपनर सीता रानामगरले पनि १२ बलमा तीन रन मात्र बनाउन सकेका थिए । त्यसपछि आएका सोनु खड्का, कप्तान रुबिना क्षेत्री र इन्दु बर्माले क्रमशः १२, १३ र १० रन बनाए ।

आफ्नो इनिङमा नेपालले ४ चौका प्रहार गर्‍यो भने छक्का प्रहार गर्न सकेन । बंगलादेशकी रबिया खानले ४ विकेट लिए ।

ताजा समाचार