खन्ने काम रोकिएन : मेलम्चीपछि प्राधिकरणले खन्दैछ सडक | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

काठमाडौँ, २९ भदौ । ढलको पाइप, खानेपानीको पाइप, टेलिकमको फाइबर बिच्छ्याउने नाममा पक्की सडक खन्ने क्रमले अझै केही बर्ष निरन्तरता पाउने भएको छ। ढलको पाइप बिच्छ्याउन खनेको पक्की सडक पिच गरेर सुक्न नपाउँदै खानेपानीको पाइप बिच्छ्याउन त्यही पिच खन्ने परम्पराको लामो शृंखला अझै रोकिएको छैन।

अब नेपाल विद्युत प्राधिकरणले बिजुलीको तार जमिनमुनि बिच्छ्याउनका लागि राजधानीमा बाँकी रहेका पक्की सडक खन्ने योजना बढाएको हो। प्राधिकरणले तारलाई भूमिगत गर्ने क्रम शुरु गर्ने भएको छ। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।