काठमाडौं, १३ मंसिर । प्रहरीले सरकारी कागजात कीर्ते गर्ने फोटो स्टुडियो संचालकलाई पक्राउ गरेको छ । शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले पत्रकार सम्मेलन गर्दै बिहीबार काठमाडौँको विभिन्न स्थानबाट तीन जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको हो ।
पक्राउ पर्नेमा ओखलढुंगा जिल्ला रानीवन ७ घर भई हाल काठमाडौंको सामाखुसी बस्ने सबिन कुमार तोलाङगे, धादिङ नीलकण्ठ नगरपालिका ९ घर भई हाल महाराजगञ्ज बस्ने मधुसुदन दवाडी र चितवन जिल्ला रत्ननगर स्थायी ठेगाना भई हाल सिनामंगल अमृत सुर्खेती रहेका छन ।
पत्रकार सम्मेलनमा व्यूरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले पक्राउ परेका ३ जनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन आयोग तथा विभिन्न राजनीतिक दलका कागजपत्रहरु कीर्ते गरि बेचबिखन गर्ने गरेको पाइएको बताउनुभयो ।
पक्राउ परेकाहरुले ११ र १२ कक्षाका ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्र्टििफकेट, माइग्रेसन सर्टिफिकेट, सशस्त्र प्रहरी बल बंगलामुखी विशेष कार्यदल गण हलचोकका विभिन्न प्रमाण पत्रहरु, नेपाल आर्मीका प्रमाण पत्रहरु, विभिन्न विद्यालयका मार्कसिटहरु बनाउने गरेका पाइएको ब्युरोले बताएको छ।