नेपाल–भारत पारवहन सन्धि पुनरवलोकन बैठक : थप दुई भारतीय बन्दरगाहमा नेपालको पहुँच | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

नेपाल–भारत पारवहन सन्धि पुनरवलोकन बैठक : थप दुई भारतीय बन्दरगाहमा नेपालको पहुँच

parbahan sandhi

काठमाडौं, ११ मंसिर । तेस्रो मुलुकसँगको व्यापारमा नेपालले थप दुई भारतीय बन्दरगाह –उडीसास्थित धाम्रा तथा गुजरातको मुन्द्रा – प्रयोग गर्न पाउने भएको छ । नेपाल–भारत पारवहन सन्धि पुनरवलोकन सम्बन्धी प्राविधिक समितिको मंगलवारदेखि काठमाडौंमा शुरू भएको दुईदिने बैठकमा यसबारेमा सहमति हुने नेपाली पक्षले बताएको छ ।

‘बैठकबाट दुई नयाँ बन्दरगाह प्रयोग गर्न दिने विषयमा भारतीय टोली सकारात्मक रहेको छ,’ बैठकमा सहभागी नेपाली टोलीका एक सदस्यले बताए । उनका अनुसार बैठकको अन्तिमसम्म कुनै प्राविधिक समस्या नभए बुधवार दुई नयाँ बन्दरगाह प्रयोग सम्बन्धमा सहमतिमा हस्ताक्षर हुनेछ ।

बुधवारसम्म चल्ने बैठक तेस्रो मुलुकसँगको व्यापार सहजीकरणमा केन्द्रित भएको नेपाली पक्षले बताएको छ । यसअघि नेपालले पश्चिम बंगालको कोलकाता र हल्दिया तथा आन्ध्रप्रदेशको विशाखापत्तनम् बन्दरगाहको प्रयोग गर्दै आएको थियो । थप दुई नयाँ समुद्री बन्दरगाहको प्रयोग गर्न पाएमा भारतबाहेक अन्य मुलुकसँगको आयात÷निर्यातमा सहजीकरण हुने पूर्ववाणिज्य सहसचिव रविशंकर सैंजूले बताए । धाम्रा नहरमा आधारित कोलकाताको कमजोर पूर्वाधार र विशाखापत्तनम् बन्दरगाहको लामो दूरीको निकास बन्न सक्ने उनको भनाइ छ । उनले भने ‘नेपालको कृष्णनगर नाकाबाट धाम्रा बन्दरगाहसम्मको दूरी १ हजार ८०६ किलोमीटर छ, जुन विशाखापत्तनम्भन्दा ४ सय किलोमीटर र कोलकाताभन्दा ३ सय किलोमीटर नजीक हो ।’

निजीक्षेत्रबाट सञ्चालित धाम्रा आधुनिक बन्दरगाह जसमा २५ देखि हजार मेट्रिक टनसम्मको सामान बोकेर ठूला जहाज आउन सक्छन् ।

नेपालका लागि तेस्रो मुलुकबाट आउने बल्क र कन्टेनर दुवै कार्गोका लागि यो बन्दरगाह अन्य बन्दरगाहको तुलनामा सहज हुने विज्ञहरूको भनाइ छ । यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।