यस्तो छ शनिबार देखिएको 'अनौठो जहाज'को वास्तविकता | ईमाउण्टेन समाचार

Our Network

पुष १६ २०८१, मंगलबार

यस्तो छ शनिबार देखिएको ‘अनौठो जहाज’को वास्तविकता

biman

काठमाडौं, ८ मंसिर । शनिबार एक जहाजले काठमाडौंको आकासमा धुवाँ फाल्दै उड्यो । कतिपयले यसलाई अनौठो मानेर हेरे भने केही सञ्चारमाध्यममा चर्चाको विषय पनि बन्यो ।

यो जहाजलाई भारतीय लडाकु बिमान वा जासुस बिमान हुन सक्ने अड्कल पनि कतिपयले गरेका छन् । तर, विज्ञहरुका अनुसार आकासमा कलात्मक देखिने गरी धुवाँ फाल्ने जहाजको विषय अर्कै हो ।

आकासमा यसरी देखिने जहाजको पुच्छरजस्तो आकृतिलाई ‘कन्ट्रेल्स’ भनिन्छ । हरेक जहाज इन्जिनको सहायतामा उड्छ । जहाजको इन्जिन पनि गाडीको इन्जिनजस्तै इन्धनको सहायतामा चल्छ र धुँवा निस्कन्छ । सामान्यतया तातो हावा रहेको आकासमा उडिरहँदा वा जमीनबाट नजिक उड्दा धुँवा देखिदैन ।

तर, जति माथि जहाज गयो, त्यति नै वातावरण चिसो हुँदै जान्छ । प्रति १ हजार फिट उचाइमा २ डिग्री तापक्रम घट्छ । लामो दूरीमा यात्रा गर्ने जहाजहरु ३५ हजार फिटसम्मको उचाइमा उड्छन् ।

नेपालमा आन्तरिक जहाजहरु १ हजारदेखि १७ हजार फिटसम्मको उचाइमा मात्र उड्ने गर्छन् । काठमाडौंमा अवतरणका लागि आएका अन्तर्राष्ट्रिय जहाज पनि नेपालमा छिर्दा तल झरिसकेका हुन्छन् । ‘काठमाडौंमा अवतरण नगर्ने तर नेपालको आकास हुँदै उड्ने अन्तर्राष्ट्रिय उडानका जहाजले चाहिँ धुवाँ फाल्दा कलात्मक आकृति देखिने गर्छ ।

जब आकासको तापक्रम अत्यन्तै कम हुन्छ, जहाजले नियमित उडानकै दौरान फाल्ने धुँवा चिसो मौसमका कारण बाहिर निस्कनासाथ जम्छ र पानी बन्छ । जसले गर्दा जहाजको पुच्छरजस्तो आकृति बन्छ । यही आकृतिलाई धेरैले अनौठो जहाज, जासुस जहाज वा लडाकु जहाजका रुपमा चित्रण गर्छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);