कर्मचारीसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरु नै संलग्न रहेको माधव नेपालको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

कर्मचारीसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरु नै संलग्न रहेको माधव नेपालको आरोप

madhav kumar nepal

काठमाडौं, २ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कर्मचारीहरुसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरु आफैं संलग्न रहेको आरोप लगाउनु भएको छ ।

नेता, मन्त्रीहरु आफैंले घुस खाएर कर्मचारीहरुको नियुक्ति, सरुवा र बढुवा गर्ने गरेकाले मुलुकको सबै क्षेत्र बिग्रेको पूर्व प्रधानमन्त्री समेत रहनु भएका वरिष्ठ नेता नेपालले दावी गर्नुभएको छ ।

‘कर्मचारीको नियुक्तीमा घुस, सरुवामा घुस, बढुवामा घुस लिने काममा नेता, मन्त्रीहरु आफैं संलग्न छन,’ सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालको भन्नु भयो, ‘यसैकारण मुलुकको सबै क्षेत्र बिग्रेको छ।’

वरिष्ठ नेता नेपालले स्थानीय तहमा करोडौंको बजेटमा लुट मच्याउने काम भईरहेको उल्लेख गर्दै कडा कार्वाही गर्न पनि सरकारसँग माग गर्नु भयो ।

स्थानीय तहमा कर्मचारीसँग मिलेर स्थानीय तहले लुट मच्चाईरहेकाले सरकारले उनीहरुमाथि कडा कार्वाही गर्नुपर्ने वरिष्ठ नेता नेपालको भनाई छ । उहाँले मुलुकमा लुट मच्चाउनेहरुको सात पुस्ते सम्पत्ति जफत नगरेसम्म मुलुकमा सुशासन हुन नसक्नेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

वरिष्ठ नेता नेपालले स्थानीय तहले कृषि, पशुपालन र कृषकलाई अनुदान सहायता दिएर उत्पादन वृद्धिको काममा अधिक बजेट विनियोजन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);