कुवेतमा थुनामा रहेका २१ नेपालीलाई तत्काल फिर्ता गर्न सरकारलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

कुवेतमा थुनामा रहेका २१ नेपालीलाई तत्काल फिर्ता गर्न सरकारलाई निर्देशन

kuwait kamdar-udhyog samiti

काठमाडौं, १ मंसिर । संसदीय समितिले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको हो ।

कामको खोजीमा कुवेतमा अवैधानिक ढंगले पुगेका २१ जना नेपाली कामदारलाई कुवेत सरकारले थुनामा राखेको छ । थुनामा राखेका उनीहरुको दण्ड जरिवाना तिरेर भएपनि तत्काल फिर्ता ल्याउन समितिले सरकारलाई निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिनु भयो ।

यता, बैठकमा परराष्ट्र सचिव शंकरदास बैरागीले २१ जना नेपालीलाई स्वदेश फर्काउन कुवेत स्थित नेपाली दुतावासमार्फत पहल भईरहेको बताउनु भयो ।

बैठकमा समितिका सदस्य प्रकाश रसाईलीले कामको खोजीमा अवैधानिक ढंगले कुवेत पुगेका नागरिकहरुलाई स्वदेश फिर्ता गराउन पहल नगरेको भन्दै सरकारको आलोचना गर्नुभयो ।

थुनामा रहेका ती नागरिकहरुका लागि ५४ लाख जरिवान तिरेर नेपाल फर्काउन सकिने कुवेतस्थित नेपाली दुतावासको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);