काठमाडौं, १७ कात्तिक । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘इनर्जी ईफिसेन्सी’ को क्षेत्रमा काम गर्न सरोकारवाला सबै निकायलाई आग्रह गर्नु भएको छ । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले विद्युतको माग र आपूर्तिलाई सहज ढंगले अघि बढाउन प्राधिकरणले इनर्जी इफिसेन्सीमा जोड दिएको बताउनुभयो ।
निर्देशक घिसिङले त्यसका लागि आवश्यक हुनेगरी पूर्वाधारको विकास गर्न बैंकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको पनि ध्यानाकर्षण गराउनु भयो । उहाँले निजी क्षेत्रले पनि इनर्जी ईफिसेन्सीको क्षेत्रमा नेपाल विद्युत प्राधिकरणसँग मिलेर काम गर्नुपर्ने प्रस्ताव पनि अघि सार्नु भयो ।
कार्यकारी निर्देशक घिसिङले ३ वर्ष भित्र देशभर विद्युत पु¥याउने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै त्यसलाई साकार पार्न पनि बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र प्राधिकरणबीच मिलेर काम गर्नुपर्ने अवस्था आएको पनि बताउनु भयो ।