काठमाडौं, ७ कात्तिक । नीजि क्षेत्रको दुरसंचार प्रदायक संस्था एनसेलले तिहार र छठ पर्वको अवसर पारी आफ्ना ग्राहकहरुका लागि चार गुणा बढी डेटाको फाइदा लिन सक्ने गरी फोरजीमा डेटा बोनस योजना ल्याएको छ ।
यो योजना अन्तर्गत एक दिन समयावधि भएको ७५ एमबी डेटा र ७ दिनको समयावधि भएको ५ सय एमबीको डेटा प्याक खरिद गर्ने ग्राहकले ४ गुणा बढी डेटा भोल्युमको फाईदा लिन सक्नेछन् ।
यो योजना कार्तिक ७ गतेबाट लागु भई १५ दिन सम्मका लागि संचालनमा रहने छ । कर बाहेक १५ रुपैयाँ शुल्क रहेको ७५ एमबी प्याकको खरिदमा ग्राहकले २ सय २५ एमबी थप फोरजी डेटा पाउनेछन् ।




