काठमाडौं, ३ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।
आईतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासले कार्तिक २ गतेदेखि लागू हुनेगरी पाँच दिन थप थुनामा राख्ने आदेश दिएको हो ।
संसद सचिवालयकी कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिनु भएका महरामाथि अनुसन्धान भईरहेको छ । यस अघि अनुसन्धान गर्न दिइएको १३ दिनको म्याद गुज्रिएपछि अदालतले पुन अनुसन्धानका लागि प्रहरीलाई ५ दिनको म्याद थप गरिदिएको हो ।




