सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकार असफल | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८२, आइतबार

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकार असफल

laguousadh

काठमाडौं, १७ असोज । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी कानुनी व्यवस्था र कार्यान्वयनका बारेमा सरकार मौन बसेको सरोकारवालाले गुनासो गरेका छन्।  रिसोर्स सेन्टर फर प्राइमरी हेल्थ केयर सेन्टरले आयोजना गरेको कार्यक्रममा सरोकारवालाले सरकारी रबैयाले सुर्तीजन्य पदार्थ नियन्त्रण अभियान प्रभावकारी बन्न नसकेको बताएका छन्।

राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक कुञ्जप्रसाद जोशीले कानुन बनाउने र तोड्ने काम जारी रहेकाले सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो। समाजमा अहिले सुर्तीजन्य पदार्थको सेवनले जोस–जाँगर बढ्छ भन्ने संस्कृतीको विकास भएकाले पनि समस्या आएको उहाँले बताउनुभयो।

एसियाली मुलुकमा सुर्तजन्य पदार्थ प्रयोगमा नेपाल ८औं स्थानमा रहेको छ। यसलाई शून्यमा झार्ने दायित्व राज्य र आम नागरिकको भएकाले सबैलाई जिम्मेवार भएर स्वस्थ जीवनतर्फ लम्कन उहाँले आग्रह गर्नुभयो। यो समाचार आजको नेपाल समाचार दैनिकमा लेखेको छ ।