बडादशैँको आज छैटौं दिन कात्यायिनी भगवतीको पुजा अर्चना गरिदैं | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

बडादशैँको आज छैटौं दिन कात्यायिनी भगवतीको पुजा अर्चना गरिदैं

Maa-Katyayani devi

काठमाडौं, १७ असोज । हिन्दुहरुको महान चाड बडा दशैँको आज छैटौं दिन आज कात्यायिनी भगवतीको पुजा तथा अर्चना गरिदैं छ । अष्टमातृका भगवतीको छैठौं शक्तिका रुपमा कात्यायिनी भगवतीको पुजाअर्चना गर्ने परम्परा रहेको छ ।

आजको दिनमा कात्यायिनी भगवतीको पुजा गरेमा रोग, शोक, भय, दुख, दरिद्र जस्ता संकट नाश भई मानिस प्रगति पथमा अगाडि बढ्ने धार्मिक बिश्वास रहेको पाइन्छ । हिन्दु धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रूपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायनी रहन गएको कथन देवीभागवत पुराणमा उल्लेख छ ।

काठमाडौं उपत्यका भित्रका गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गरिँदै छ । दसैंमा नौ दिनसम्म शक्तिपीठ तथा दशैंघरमा पूजा अर्चना सहित दूर्गा भगवतीको पुजा आराधाना गर्ने गरिन्छ ।