बिद्यालयको कक्षाकोठा भत्किदा ७ वालबालिकाको मृत्यु, ५७ को उद्धार | ईमाउण्टेन समाचार

Our Network

पुष २६ २०८१, शुक्रबार

बिद्यालयको कक्षाकोठा भत्किदा ७ वालबालिकाको मृत्यु, ५७ को उद्धार

एजेन्सी, ६ असोज । केन्याको राजधानी नैरोबि स्थित एउटा स्कुलको कक्षाकोठा भत्किदा ७ जना बालबालिको मृत्यु भएको छ ।

प्रिसियस ट्यालेन्ट टप स्कुलको प्राइमरी कक्षा कोठा सोमबार भत्किँदा सात जना बालबालिको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

स्कुल खुलेको केहिबेरमै कक्षाकोठा भत्किएपछि केही बालबालीका भागाभाग गरेर ज्यान जोगाउन सफल भएका थिए । स्कुल प्रशासनले ७ जनाको मृत्यु भएको पुष्टि गर्दै ५७ जनालाई उपचारका लागि अस्पताल पु¥याइएको जानकारी दिएको छ ।

भग्नाबशेषमा च्यापिएका अन्य बालबालिकाको उद्दार कार्य जारी रहेको जनाइएको छ । घटना लगत्तै अभिभावक र स्थानीय जनताको भिडले उद्दारकार्यमा कठिनाई भएको केन्याली अधिकारीले बताएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);