सिद्धबाबामा पहिरो खस्दा जीप पुरिए, एक जनाको मृत्यु, चार घाइते | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

सिद्धबाबामा पहिरो खस्दा जीप पुरिए, एक जनाको मृत्यु, चार घाइते

butwal jeep accident

बुटवल, २७ भदौ । सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर चार जना घाइते भएका छन् ।

पहिरोले लु १ ज २६१७ र लु २ ज ५९३८ नम्बरको जीप पुरिएका हुन् । मृत्यु हुनेमा गुल्मीको कालीगण्डकी गाउँपालिका–७ जीप चालक २६ वर्षीय कमल परियार रहेका छन् । यस्तै घाइते हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका २ बस्ने ३१ वर्षीय ललित मल्ल, गुल्मीको पुर्तिघात बस्ने २२ वर्षीय प्रेम सुनार, बुटवलको नयाँ गाउँ बस्ने मिलन शाह र २० वर्षीय नरेन्द्र हमाल रहेका छन् । उनीहरुको बुटवल प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);