सुदूरपश्चिम प्रदेशमा पहाडी जिल्लाका राष्ट्रिय राजमार्ग क्षतिग्रस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशमा पहाडी जिल्लाका राष्ट्रिय राजमार्ग क्षतिग्रस्त

विमल जैरु
डडेल्धुरा, २८ भदौ । जथाभावी निर्माण भएका शाखा सडकका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राष्ट्रिय राजमार्ग क्षतिग्रस्त हुन थालेका छन् । स्थानीय तहले मनपरी रुपमा राष्ट्रिय राजमार्ग जोड्ने गरी शाखा सडक निर्माण गर्दा राजमार्ग क्षतीग्रस्त हुन थालेका हुन् ।

राष्टिय राजमार्ग जोड्ने गरी मापदण्ड विपरीत बनाइएका शाखा सडकका कारण राष्ट्रिय राजमार्गको नालीमा अवरोध हुने, सडक अवरोध हुने, सडक विग्रने गरी पहिरो आउने, सडकको कालोपत्रे उप्कीदा खाल्डाखुल्डी पर्ने लगायतको समस्या भईरहेको छ ।

प्रमुख सडकबाट शाखा सडक निर्माण गर्दा सहमती लिई मापदण्ड पु-यााएर सडक निर्माण गर्नु पर्ने भएपनि स्थानीय तहहरुले अटेर गरेर शाखा सडक निर्माण गर्ने गरेको सडक डिभिजन कार्यालय कुलपाते डोटीले जनाएको छ ।

सार्वजनिक सडक ऐन २०३१ अनुसार राष्ट्रिय राजमार्गवाट शाखा सडक निर्माण गर्दा सडक कार्यालयको अनुमति लिनु पर्ने, भत्कीएको सडक निर्माणका लागि धरौटी राख्नु पर्ने, सडक अवरोध भए तत्काल हटाउनु पर्ने व्यवस्था छ ।

शाखा सडक निर्माणले सडक क्षति ग्रस्त हुँदा यातायात संचालनका लागि समस्या हुने गरेको चालक बताउँछन् । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका भिमदत्त राजमार्ग, के आई सिंह राजमार्ग, जयपृथ्वी राजमार्ग दशरथ चन्द राजमार्गमा शाखा सडक निर्माणका कारण क्षति पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);