भारतले सीमा मिच्ने काम बढाईरहेको छ, छिटै सबै नाका बन्द गर्नु पर्छ : पम्फा भुसाल | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

भारतले सीमा मिच्ने काम बढाईरहेको छ, छिटै सबै नाका बन्द गर्नु पर्छ : पम्फा भुसाल

pampha bhusal

काठमाडौं, २६ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले भारतसँग जोडिएका सबै सीमा नाका बन्द गर्नुपर्ने प्रस्ताव अघि सार्नु भएको छ ।

सत्तारुढ दल नेकपा प्रतिनिधिसभाकी प्रभावशाली सांसद भुसालले भारतले नेपालको सीमा मिच्ने कामलाई बढाउँदै लगेको दावी गर्दै सबै सीमा नाका बन्द गर्नुपर्ने तर्क गर्नु भएको हो । बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले दैनिक मिटरका दरले भारतीय सीमा सुरक्षा बलले हतियारको बलमा नेपालको हजारौं किलोमिटरसम्मको भूमि मिच्ने काम गरेकाले त्यसलाई रोक्न पनि दुई मुलुकबीचको सीमा नाका बन्द गर्नुपर्ने बताउनु भयो ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद देबेन्द्रराज कँडलले भने नेपाल–भारतबीचको सीमा नाका बन्द गर्ने सत्तारुढ नेकपाकी सांसद भुसालको प्रस्तावप्रति आपत्ति जनाउनु भयो । उहाँले भौगोलिक रुपमा पनि निकट सम्बन्ध रहेको दुई मुलुकबीच सीमा नाका बन्द गर्न नमिल्ने उल्लेख गर्दै बरु भूमि मिच्न नदिन सरकारले भारत सरकारसँग तत्काल कूटनीतिक पहल गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

नेपाल–भारतबीच भौगोलिक रुपमा समेत अति सामिप्यता भएकाले सीमा क्षेत्रमा काँडेतार लगाउने कुरा दुवै पक्षलाई मान्य नहुने उहाँको तर्क थियो ।