अन्तर्राष्ट्रिय प्रतियोगितामा मनिकाले जितिन् स्वर्ण पदक | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८१, बुधवार

अन्तर्राष्ट्रिय प्रतियोगितामा मनिकाले जितिन् स्वर्ण पदक

manika sunar

काठमाडौं, १५ भदौ । तङ्ग–इल मो–दो संघ नेपालकी खेलाडि मनिका सुनारले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक जितेकी छन् । दक्षिण कोरियामा आयोजना गरिएको २०१९ छन्ङजु वर्ड मार्शल आर्टस मास्टरशिप नामक अन्तराष्ट्रिय मार्शल आर्टस मेगाइभेन्ट मा सुनारले स्वर्ण पदक जितेकी हुन् ।

कोरियाली सरकारको स्वीकृतीमा अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रम अन्तर्गत प्रतियोगिताको आयोजना गरिएको थियो । १ सय ६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा कुल ३ हजार ५ सय ६५ खेलाडिहरुले सहभागिता जनाएका थिए ।

मनिका सँगै प्रकाश श्रेष्ठ, तेज बहादुर सिँह, दिपक बास्तोला दिपेन्द्र ठाकुर लगायतका खेलाडिले सहभागिता जनाएका थिए । प्रतियोगिता यहि अगस्ट २६ देखि ३० सम्म कोरियामा भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);