सबै स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय स्थापना गर्ने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८३, आइतबार

सबै स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय स्थापना गर्ने सरकारको तयारी

girirajmani pokhrel

काठमाडौं, १५ भदौ । सरकारले सबै स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय स्थापना गर्ने तयारी गरेको छ । १२ औं पुस्तकालय दिवसको अवसरमा आईतबार राजधानीमा आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै स्थानीय तहमा सुविधा सम्पन्न सामूदायिक तथा सार्वजनिक पुस्तकालय स्थापना हुने गरी पुस्तक गुरुयोजना तय गरिएको जानकारी दिनुभएको हो ।

मन्त्री पोखरेलले त्यसलाई छिट्टै मन्त्रीपरिषद बैठकबाट पारित गरी कार्यान्वयनमा लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । उहाँले सरकारले पठन संस्कृतिको विकासका लागि पनि पुस्तकालयको विकास र विस्तारसम्बन्धि नीति लिएको उल्लेख गर्नुभयो ।

मन्त्री पोखरेलले पुस्तकालय संचालनका लागि आवश्यक नीति बनाउने योजना समेत तय गरिएको बताउनु भयो ।