लिबियामा डुङ्गा दुर्घटनामा परी ४० को मृत्यु, ६० आप्रबासी शरणार्थीको उद्धार | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८१, शुक्रबार

लिबियामा डुङ्गा दुर्घटनामा परी ४० को मृत्यु, ६० आप्रबासी शरणार्थीको उद्धार

libiliya

एजेन्सी, ११ भदौ । लिबियाली सामुद्रिक क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ४० जना यात्रुको मृत्यु भएको आशङ्का गरिएको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (यूएनएचसीआर)ले मङ्गलबार दिएको जानकारी अनुसार कम्तीमा ६० आप्रबासी शरणार्थीलाई सकुशल उद्धार गरिएको थियो भने ४० जनाको मृत्यु भएको आशङ्का गरिएको छ । दुर्घटनामा बाँच्न सफल एक यात्रुलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार उनीहरूमध्ये अधिकांश व्यक्ति अरब क्षेत्रबाट यूरोपतर्फ जाने क्रममा लिबिया हुँदै यात्रामा रहेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);