राहत नपाउँदा बाढीपीडित आहत | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

राहत नपाउँदा बाढीपीडित आहत

badipidit

काठमाडौं, ९ भदौ । बाढीले क्षति पु-याएको डेढ महिना बित्न लाग्दा पनि पीडित परिवारले राहत पाउन सकेका छैन्। सरकारीस्तरबाट पनि क्षतिको विवरण संकलन हुन सकेको छैन। असार अन्तिम साता आएको बाढीबाट पीडितहरु पर्याप्त राहत पाउन नसक्दा थप पीडित बनिरहेका छन्।

डुबानले घर भत्केकाहरु पालमा बस्न बाध्य छन्। साउन ३ गते विपद् व्यवस्थापन जिल्ला समितिको बैठकले बाढीले पुगेको क्षतिको विस्तृत तथ्यांक संकलन गर्न ३२ वटा टोली गठन गरेको थियो। समितिले तथ्यांक संकलन कार्य दुईतीन दिनभित्रै सम्पन्न गरेर राहत वितरण प्रक्रिया अगापड बढाइने भनेको थियो।

समतिले टोली गठन गरेको महिना दिन बित्दा १७ वटा स्थानीय तहको मात्र विस्तृ विवरण संकलन भएको छ। जिल्लाका २० वटा स्थानीय तहमध्ये हालसम्म हरिपुर, बागमती, मलंगवा, लालबन्दी, हरिवन, कविलासी, ईश्वरपुर, बलरा, गोडैता र बरहथवा नगरपालिका एवं विष्णु, कौडेना र चक्रघट्टा, रामनगर, चन्द्रनगर, पर्सा र ब्रम्हपुरी गाउँपालिकाको मात्र तथ्यांक आएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए। बाढी एवं डुबानबाट सबैभन्दा बढी क्षति पुगेको धनकौल र बसबरिया गाउँपालिका तथा हरिपूर्वा नगरपालिकाको तथ्यांक आउन सकेको छैन। यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);