राष्ट्रपतिद्वारा पाटन स्थित कृष्ण मन्दिर पुगी प्रसाद ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

राष्ट्रपतिद्वारा पाटन स्थित कृष्ण मन्दिर पुगी प्रसाद ग्रहण

काठमाडाैं, ६ भदाै । श्रीकृष्ण जन्माष्टमी पर्व भगवान श्रीकृष्णको पूजा आराधना गरि मुलुकभर मनाईएको छ । भगवान श्रीकृष्णको जन्म भएको सम्झनामा हरेक बर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ ।

ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको साथै मुलुकभरका कृष्णमन्दिरहरुमा आज दिनभर नै भक्तजनहरुको ठूलो घुँईचो लागेको छ । यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको पाटन स्थिति कृष्ण मन्दिर पुगी प्रसाद ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले मन्दिरभित्र प्रवेश नगरिकनै पुजारीबाट फूल प्रसाद ग्रहण गरि फर्कनु भएको थियो । फूल प्रसाद ग्रहण पछि उहाँले पुजारीलाई दक्षिणा पनि दिनुभएको थियो ।

कृष्णमन्दिर परिसरमा राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले स्वागत गर्नुभएको थियो । राष्ट्रपतिको सवारीका क्रममा ललितपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पार्नुको साथै दर्शनार्थीहरुलाई पनि केही समय मन्दिरमा पूजा आजा गर्न रोकिएको थियो ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानव अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा अवतरण गरेको किम्बदन्ती छ । आजको दिन ब्रत बस्ने ब्रतालुहरुले राती कृष्ण जन्मिएको सम्झनामा पूजाआजा गरि रातभर जाग्राम बसेर नाचगान गर्ने र कृष्णको भक्ति संगीत गाउँने गर्दछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);