कृषि उपज बजार भवनको उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८३, शनिबार

कृषि उपज बजार भवनको उद्घाटन

विराटनगर, २ भदौ । प्रदेश १ का कृषिमन्त्री राम कुमारी चौधरीले देवानगंज गाउँपालिका वडा नं. ३ मा रहेको कृषि उपज बजारको भवनको उद्घाटन गर्नु भएको छ ।

मन्त्रालयले ३० लाख बजेट हस्तान्तरण गरेर भवन निर्माण गर्न लगाईएको थियो । ३ महिना अगाडी हस्तान्तरण गरिएको बजेटले ८ कोठे भवन निर्माणको कार्य सम्पन्न भइसकेको कृषि उपज बजार संचालक समितिले बताएको छ ।

कार्यक्रममा कोल्ड स्टोरको निर्माणका निमित्त मन्त्रालयबाट १ करोडको बजेट छुट्याइएको कृषि मन्त्री राम कुमारी चौधरीले बताउनु भयो ।

त्यसबाहेक निर्माणमा लाग्ने बाँकीको पैसा गाउँपालिकाले मद्दत गर्ने भएको छ । यसरी देवानगंजको भूमिमा बिकास गर्ने सोच बोकेको स्थानीय सरकारप्रति संचालक समितिले आभार व्यक्त गरेको छ ।