'माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सम्झौता राष्ट्रहित विपरित' | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

‘माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सम्झौता राष्ट्रहित विपरित’

काठमाडौं, २ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले माथिल्लो कर्णाली जलविद्युत् परियोजनामा राष्ट्रहित विपरित सम्झौता गरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

पुष्पलाल मित्रता केन्द्रले सोमबार राजधानीमा गरेको माथिल्लो कर्णाली र बुढी गण्डकी परियोजनामा राष्ट्रहितको संरक्षण सम्बन्धी बहसमा बोल्दै नेताहरुले सरकारले राष्ट्रिय स्वाधिनतामाथि नै खेलवाड गर्ने काम गरेको धारणा राखेका हुन् ।

टाट पल्टिएको भारतीय कम्पनी जिएमआरलाई माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको निर्माण सम्झौता नेपालको अहितमा रहेको भन्दै उनीहरुले जिएमआरलाई म्याद थप नगर्न सुझाएका छन् । नेकपा नेता भीम रावलले जिएमआरले नेपाललाई जुनसुकै जरिवाना गराउन सक्ने गरि राज्य तल परेर निर्माण सम्झौता गरिएको दाबी गर्नुभयो ।

वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियतालाई कमजोर पार्ने कुनै पनि योजना समर्थन गर्न नसकिने भन्दै माथिल्लो कर्णाली जलविद्युत् परियोजनाका बारेमा उठेका सम्पुर्ण प्रश्नको सरकारले जवाफ दिनुपर्ने बताउनुभयो । उहाँले सानालाई कारवाही र ठुला तथा विदेशी कम्पनीलाई छुट दिने विषय आफुहरुलाई स्वीकार्य नहुने भन्दै उहाँले यससम्बन्धमा सरकार हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले जिएमआरलाई म्याद थप गरियो भने त्यस विरुद्ध नेपाली जनता आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । उहाँले राष्ट्रिय स्वाधिनतामाथि खेलवाड गर्ने काम नगर्न सरकारलाई सचेत गराउनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);