काठमाडौं, २४ साउन । शुक्रबार त्रिशुली नदिमा बस खस्दा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना बेपत्ता भएका छन् । सर्लाहीको सदरमुकाम मलंगवाबाट ४५ यात्रु लिएर काठमाडौं आउँदै गरेको बस धादिङको बेनीघाट रोराङ–३ सलाङघाट त्रिशूली नदीमा खसेको थियो । बसमा सवारमध्ये १६ को भने उद्धार गरिएको छ । बसलाई त्रिशूलीबाट निकालिएको छ ।
बसभित्र कोही पनि नभेटिएको प्रहरीले जानकारी दिएको छ । तीन जनाको घटनास्थलमै र दुई वटा शव चितवनको जुगेडीमा फेला परेको प्रहरीले जनाएको छ ।
ना ६ ख ७४६९ सृष्टि डिलक्स बस शुक्रबार बिहान साढे ३ बजे त्रिशूलीमा खसेको थियो । बसलाई भने क्रेनले तानेर बाहिर निकालिएको छ। कुरिनटारस्थित सशस्त्र प्रहरीको गोताखोर टोलीले बेपत्ताको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।