प्रहरीलाई अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी भार | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

प्रहरीलाई अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी भार

bishoraj pokhrel

काठमाडौं, २१ साउन । नेपाल प्रहरीले एक प्रहरी बराबर ५ सय बढी नागरिकको सुरक्षा गरिरहेको छ । प्रहरीले कम जनशक्ति र साधन स्रोतको अभावबीच पनि संयुक्त राष्ट्रसंघ (यूएन)ले तोकेको अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढीको संख्यामा नागरिकको सुरक्षा गरिरहेको हो ।

यूएनले प्रविधिले सम्पन्न विकसित मुलुकलाई आधार बनाएर डेढ दशकअघि निर्धारण गरेको अन्तर्राष्ट्रिय मापदण्डअनुसार एक प्रहरीले ३ सय ३३ जनाको सुरक्षा गर्नुपर्छ । तर, नेपालमा भने एक प्रहरीले मापदण्डभन्दा अत्यधिक बढी संख्यामा नागरिकलाई सुरक्षा दिनुपर्ने बाध्यता छ ।

हाल नेपाल प्रहरीमा ७५ हजार ९ सय २७ जनाको दरबन्दी छ । तर, कार्यरत प्रहरीको संख्या ६४ हजार ३ सय २३ मात्रै छ । जुन संख्या स्वीकृत दरबन्दीभन्दा ११ हजार ६ सय ४ कम हो । कार्यरत प्रहरीलाई मात्रै आधार मान्दा एक प्रहरीको भागमा ४ सय ६७ जनाको सुरक्षाको जिम्मेवारी पर्छ ।

तर, कार्यरत प्रहरीमध्ये पनि अधिकांशलाई जनताको सुरक्षाबाहेकका जिम्मेवारीमा समेत खटाइएकाले एक प्रहरी बराबर सो संख्या बढेर कम्तीमा ५ सयभन्दा बढीको संख्यामा पुग्ने नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।  यो समाचार राजधानी दैनिकमा लेखेको छ ।