भारतीय नागरिकको प्यान दर्ताको लागि तीनदिने क्याम्प सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८१, बिहीबार

भारतीय नागरिकको प्यान दर्ताको लागि तीनदिने क्याम्प सञ्चालन

ऋषिता देव
मोरङ, १४ साउन । नेपाल सरकारले सबै क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई स्थायी लेखा नम्बर प्यान लिनुपर्ने व्यवस्था गरेसंगै नेपाली कर्मचारीहरु प्यान लिन तिर लागेका छन्  ।  नेपालमा कार्यरत तथा अध्ययनरत भारतीयहरु पनि प्यान लिनका लागि लागिपरेका छन् ।

नेपालस्थित भारतीय दुतावासले नेपालमा कार्यरत तथा अध्ययनरत भारतीय नागरिकहरुलाई प्यान प्रदानका लागि नागरिकहरुको सूची तयार पार्न शुरु गरेको हो । भारतीय दुतावासले प्रदेश १ मा रहेका भारतीय नागरिकका लागि श्रावन ११ देखि मोरङ व्यापार संघमा तीनदिने रजिस्ट्रेशन क्याम्प सञ्चालन गरेको हो ।

सरकारले सबै भारतीय मजदुरलाई काममा लगाउन प्यानमार्फत मात्र तलब भुक्तानी गर्नुपर्ने नियम स्थापना गरेपछि मोरङ व्यापार संघको पहलमा यो क्याम्प सञ्चालन गरिएको हो । उक्त क्याम्पमा प्यानका लागि दर्ता गराउने भारतीय नागरिकहरुको भीड लागेको छ ।

भारतीय दुतावासलाई दरखास्त गरेर सूचीकृत गर्नका लागि टोली विराटनगर बोलाईएको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताउनु भयो । तीन दिनका लागि सञ्चालित उक्त क्याम्पमा आएका भारतीय नागरिकले सम्पूर्ण प्रक्रिया पूरा गरेपछि मात्र भारतीय राजदुतावास, काठमाडौंबाट प्रमाणपत्र पाउने अध्यक्ष मुन्दडाको भनाई छ ।

दर्ता भइसकेर प्रमाणपत्र लिन आउने भारतीय नागरिकहरुले काठमाडौंको रजिस्ट्रेशन फारम संघबाटै लिएर आवश्यक कागजपत्रसहित क्याम्पमा उपस्थित हुनुपर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);