श्रममन्त्री विष्टद्धारा नेपालमा लगानी गर्न दक्षिण कोरियालाई आग्रह | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८२, बुधवार

श्रममन्त्री विष्टद्धारा नेपालमा लगानी गर्न दक्षिण कोरियालाई आग्रह

gokarna bista

काठमाडौं, ७ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपालमा रोजगारीको अवसर सृजना हुनेगरी लगानी गर्न दक्षिण कोरियाको निजी क्षेत्रलाई आग्रह गर्नु भएको छ ।

मंगलबार दक्षिण कोरियाबाट फर्केका नेपाली कामदारहरुले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री विष्टले दक्षिण कोरियाले नेपाली कामदारलाई गुणस्तरीय रोजगारीको अवसर दिएको उल्लेख गर्दै अव नेपालमै रोजगारीको अवसर सृजना हुने गरी लगानी गर्न आग्रह गर्नु भएको हो । उहाँले नेपालमा लगानीका लागि आवश्यक वातावरण बनेकोतर्फ पनि दक्षिण कोरियाली निजी क्षेत्रको ध्यानाकर्षण गराउनु भयो । मन्त्री विष्टले दक्षिण कोरियाबाट फर्केका कामदारहरुको सिप र अनुभवलाई उपयोग गरेर मुलुकलाई समृद्ध बनाउन सरकार लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

सरकारी तथ्यांक अनुसार हालसम्म ६३ हजार नेपाली कामदारले दक्षिण कोरियामा रोजगारी पाएका छन । मन्त्री विष्टले उनीहरुको ज्ञान, सीप र अनुभवले नेपाललाई समृद्ध बनाउन सघाउन पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।