सीमामा एसएसबीको अवरोधः कतै घर भत्काउँदै, कतै सडक थुन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८३, मंगलबार

सीमामा एसएसबीको अवरोधः कतै घर भत्काउँदै, कतै सडक थुन्दै

Nepal-sainik

काठमाडौं, ७ साउन । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पूर्वी सीमा क्षेत्रका नेपानीमाथि अनावश्यक दुख दिएको छ । सीमा क्षेत्रको नेपानी भूमिमा सडक, घर, चर्पी बनाउन अवरोध गरिरहेको एसएसबीले सूर्योदय नगरापालिका –२ चारमाइलको कच्ची सडकसमेत बन्द गराउने प्रयास गरेको छ ।

नेपाल भएर भारत छिर्ने वर्षौ पुरानो कच्ची सडकमा खाडल खनेर एसएसबीले आउजाउ अवरोध गरेको हो ।

विशेषगरी नेपालतर्फको तरकारी भारतमा बेच्न बन्द गराउने ध्येयले सडकको दसगजामा खाडल खनेर प्रहरीले जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा भीम चापागाईंले लेखेका छन् ।