लुम्बिनी मेडिकल कलेजबाट नवजात शिशु चोरी | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८२, बुधवार

लुम्बिनी मेडिकल कलेजबाट नवजात शिशु चोरी

nabajat sishu chori

पाल्पा, २८ असार । तानसेन नगरपालिका–७, स्थित लुम्बिनी मेडिकल कलेजबाट शुक्रबार दिउँसो नवजात शिशु हराएको छ । तानसेन नगरपालिका–९ डाँडाडुम तिलाहारकी २२ वर्षीया जमुना रानाको शिशु हराएको हो । उनले शुक्रबार ११ बजे जन्माएकी थिइन् । शिशु ३ बजे गायब भएको हो ।

रानाले छोरा जन्माएको र छोरीलाई रेखदेख गर्न बसेकी आमासँगै हुँदा शिशु गायब भएको जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताए । जमुनालाई सुत्केरी व्यथा लागेर शुक्रबार नै मेडिकल कलेज प्रभास ल्याएका थिए । सुत्केरी जमुनाको रेखदेख गर्न उनकी आमा थिइन् ।

अर्धचेत अवस्थामा रहेकी सुत्केरी जमुनालाई ज्वानोको झोल लिन मेडिकल कलेजको क्याण्टिन गएका बेला यस्तो घटना भएको हो । सहयोग गर्ने भन्दै अपरिचित महिलाले बच्चा लिएकी हुन् । उनैले लिएर हिँडेको हुनसक्ने प्रहरीले जनाएको छ ।

ज्वानोको झोल जमुनाकी आमालाई लैजानुस् भन्ने अपरिचित महिलाले बच्चा आफूले ल्याइदिने बताएकी थिइन् । जमुनाकी आमा सुत्केरी छोरीसँग पुग्दा महिला बच्चा लिएर नआइपुगेपछि मात्र शिशुको खोजी सुरु भएको हो । जमुनाकी आमा सरासर ज्वानोको झोल लिएर छोरी भएको हस्पिटलको माथिल्लो तलामा पुगेकी थिइन् । बच्चा समातेकी महिला मुलगेटबाट बाहिरिएको सिसिटिभी फुटेजबाट देखिएको प्रहरीले जनाएको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।