काठमाडौं, १८ असार । सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विज्ञापन विधेयक छिटो पास गर्न आग्रह गरेका छन् । मंगलबारको ‘विकास तथा प्रविधि समिति’ बैठकमा उनले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ नेपालको हितमा भएकाले छिटो पारित गर्न सांसदहरुलाई आग्रह गरे ।
मन्त्री वास्कोटाले विधेयक उपभोक्ता हितको पक्षमा आएको दाबी गरे । ‘यहाँ ‘क्लिनफिड’ पनि जोडिएर आएको छ । यसबाट नेपालीपन र क्षमताको पनि अभिवृद्धि हुन सक्छ,’ उनले भने ।नेपाल विश्व बजारबाट टाढा हुन नसक्ने भए पनि नेपालमा बज्ने विज्ञापनमा बाहिरी देशकाले यहीँका कलाकार प्रयोग गर्नुपर्ने मन्त्री बाँस्कोटाले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।