त्रिविको नतिजा प्रकाशनमा संस्थागत नभई व्यक्तिगत त्रुटी : रजिष्टार उप्रेति | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८१, आइतबार

त्रिविको नतिजा प्रकाशनमा संस्थागत नभई व्यक्तिगत त्रुटी : रजिष्टार उप्रेति

tu pariksha niyatran karyalay

काठमाडौं, १७ असार । त्रिभुवन विश्वविद्यालयका रजिष्टार डिल्लीराम उप्रेतिले नतिजा प्रकाशनमा संस्थागत नभई व्यक्तिगत त्रुटी भएको बताउनुभएको छ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार बसेको बैठकमा बोल्दै रजिष्टार उप्रेतिले हालै संचारमाध्यममा आएका परीक्षा नतिजा सम्बन्धी त्रुटीहरु संस्थागत नभई व्यक्तिगत भएको बताउनुभएको हो ।

परीक्षा सञ्चालन देखि नतिजा प्रकाशनसम्म प्रक्रियाहरुको फेयरिस्त प्रस्तुत गर्दै उहाँले मार्कस्लिपबाट मार्क लेजरमा नम्बर चढाउने समयमा व्यक्तिको त्रुटीका कारण ९ हुनुपर्नेमा ६९ भएको बताउनुभएको हो । यद्यपी ६९ अंक पाएका सुरेन्द्र कोइरालाले गोल्डमेडल भने प्राप्त नगरेको उहाँले स्पष्ट पार्नुभयो ।

बैठकमा सांसदहरुले परीक्षा प्रणाली देखि नतिजा प्रकाशन सम्मको व्यवस्थापन चुस्त बनाउन त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको ध्यानाकर्षण गराएका थिए ।

समिति सदस्य गजेन्द्र बहादुर महतले त्रिविको लापरवाही र त्रुटीको जिम्मेवारी पनि सरकारले लिनुपर्ने र सरकार संचालनसंग जोडिने भएकाले त्यसतर्फ गम्भीर बन्न रजिष्ट्रारको ध्यानाकर्षण गराउनुभयो ।

अर्का सदस्य अञ्जना विशंखेले भनसुन गरेर नम्बर थप गर्न सकिन्छ कि भन्ने अभिप्रायले रिटोटलिङ हुने गरेको र त्यसका लागि आफुहरुलाई समेत आग्रह गर्ने गरिएको बताउनुभयो ।

‘माथि माथिकालाई भन्नु पर्दैन कम्युटरमा बस्नेहरुसंग चाँही तपाईहरुको कस्तो छ ’भन्ने प्रश्न सोध्ने गरिएको भन्दै उहाँले संलग्नलाई कारवाही गरि भविष्यमा त्यस्तो घटना नदोहोरिने प्रतिवद्धता जनाउनुपर्ने बताउनुभयो ।

समिति सभापति जयपुरी घर्तीले नियतले नभई कर्मचारीले त्रुटी गरेको भनेर उम्कने अवस्था नभएको भन्दै परीक्षा र नतिजा प्रणालीमा देखिएका गम्भीर त्रुटी रोक्ने तर्फ गम्भीर बन्न आग्रह गर्नुभयो ।

९ अंक ल्याएका सुरेन्द्र कोइरालालाई अगाडि ६ थपेर ६९ पुर्याएको समाचार बाहिर आएपछि समितिले त्यसबारे छलफल गर्न रजिष्ट्रार र उपकुलपति तीर्थराज खनियालाई समितिमा बोलाएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);