काठमाडौं, १ असार । काठमाडौं महानगरपालिकाले राजधानीको न्यूरोडमा स्मार्ट पार्किङ सेवा सुरु गरेको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा आईतबारबाट न्युरोडमा स्मार्ट पार्किङ सेवा सुरु गरेको हो ।
सो सेवाको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अस्तव्यस्त हुन पुगेको ट्राफिक व्यवस्थापनको कामलाई व्यवस्थित बनाउन स्मार्ट पार्किङ सेवा सुरु गरिएको जानकारी दिनु भयो । उहाँले राजधानीमा अन्य स्थानमा पनि स्मार्ट पार्किङ सेवा संचालनमा ल्याउने योजना रहेको बताउनु भयो ।
स्मार्ट पार्किङ स्थलको शुल्क दुई थरी निर्धारण गरिएको छ । दुई पाङग्रे सवारी साधनका लागि प्रतिघण्टा २५ रुपैयाँ र ४ पाङग्रे सवारी साधनका लागि ८० रुपैयाँ तोकिएको छ ।