नेपाल ओलम्पिकद्वारा काठमाडौमा साइकल र्यालीको आयोजना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

नेपाल ओलम्पिकद्वारा काठमाडौमा साइकल र्यालीको आयोजना

saikalryali

काठमाडौं, १ असार । नेपाल ओलम्पिक कमिटीले आधुनिक ओलम्पिक स्थापनाको अवसरमा राजधानी काठमाण्डौमा साईकल र्याली गरेको छ ।

सनिबार ललितपुरको सातदोबाटोस्थित ओलम्पिक भवनबाट साईकल र्याली निकालिएको हो । काठमाडौंको भृकुटीमण्डपसम्म पुगेको साईकल र्यालीमा खेलाडी, खेलप्रेमी तथा पदाधिकारी समेत गरि झण्डै ३ सय सहभागी थिए । सन् १८९४ जुन २३ मा आधुनिक ओलम्पिक स्थापना भएको थियो । सोही दिनको स्मरणमा विश्वभर जुन २३ तारिखमा ‘ओलम्पिक डे’ मनाउने गरिन्छ । ओलम्पिक कमिटीले ‘ओलम्पिक डे’का दिन असार ८ गते विशेष कार्यक्रम गर्ने भएको छ । कार्यक्रमहरु सात वटै प्रदेशमा गरिने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);