२०५६ सालदेखि बन्द भएको बिमानस्थल पुनः सुचारु गर्न स्थानीयको माग | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

२०५६ सालदेखि बन्द भएको बिमानस्थल पुनः सुचारु गर्न स्थानीयको माग

मझगाउँ विमानस्थल

५३ विगाह क्षेत्रफलमा रहेको विमानस्थल गौचरणमा परिणत

पुष्कर भट्ट
कञ्चनपुर, १६ जेठ । कञ्चनपुरमा बन्द रहेको मझगाउँ विमानस्थल शुचारु गर्न नागरिक दवाव अभियान शुरु गरिएको छ । दुई दशकदेखि बन्द भएको मझगाउँ विमानस्थल पुनः संचालनका लागि नागरिक स्तरबाट अभियान शुरु भएको हो ।

मझगाउँ विमानस्थल संघर्ष समितिले बन्द विमानस्थल संचालन गर्नका लागि स्थानीय राजनीतिक दल र संचारकर्मीसंग छलफल पनि थालेको छ । विमानस्थल पुन सञ्चालनमा आउन नसके जग्गा अतिक्रमण हुन सक्ने भएकाले पनि चाँडो भन्दा चाँडो विमानस्थल सुचारु गर्नुपर्ने स्थानीयको माग छ ।

विं.स. ०५६ सालतिर असुरक्षाको कारण देखाउदै मझगाउँ विमानस्थल बन्द गरिएको थियो । बन्द भएको २० वर्षसम्म पनि पुनः संचालन नहुँदा स्थानीय यात्रुलाई धनगढी र नेपालगन्ज गएर जहाज चढ्नुपर्ने बाध्यता छ ।

महेन्द्रनगरदेखि झण्डै ५३ किलोमिटर दुरीमा रहेको धनगढी विमानस्थल चढ्नका लागि दैनिक ५० देखि ७० को हाराहारीमा कञ्चनपुरबाट यात्रु जाने गरेका छन् । यो विमानस्थल सञ्चालनमा आउनसके सुदूरपश्चिममा बैकल्पिक विमानस्थल हुन सक्ने देखिन्छ ।

लामो सयमदेखि विमानस्थल संचालन नहुँदा दुई किलोमिटर धावन मार्ग समेत रहेको झण्डै ५३ विगाह क्षेत्रफलमा रहेको विमानस्थल गौचरणमा परिणत भएको छ । बन्द भए यतादेखि विभिन्न निर्वाचनका बेला चुनावी मुद्दा बन्दै आएका विमानस्थलको संचालनका लागि दुई वर्ष अघि कञ्चनपुर उद्योग वाणिज्य संघले समेत पहल थालेको थियो । तर, अहिलेसम्म खुल्ने विषय अन्यौल नै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);