नाला सडक बनाउने अनि भत्काउने खेल चल्दै, स्थानीय आजित | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

नाला सडक बनाउने अनि भत्काउने खेल चल्दै, स्थानीय आजित

bara-nala

श्याम गुप्ता

बारा, ३१ वैशाख । पूर्व—पश्चिम राजमार्गको बारा निजगढस्थित सडक नाला विगत १५ वर्षको अवधिमा तीन पटक बनाउने अनि भत्काउने खेल चल्दै आईरहेको छ । यो खेल केही वर्ष भित्रै पुनः देखा पर्ने छ ।

पूर्व–पश्चिम राजमार्ग बारा निजगढ सडक छेउमा अहिले नाला निर्माण कार्य भईरहेको छ । राजमार्गका सडक किनारको पानी निकासका लागि नालाको निर्माण भईरहेको हो । नाला निर्माण कार्य त भईरहेको छ तर यो नाला कति वर्ष भित्र फेरि भत्काइने हो भन्ने प्रश्न नाला निर्माण संगै सिर्जना भएको छ । त्यस स्थानमा विगत १५ वर्षको अवधिमा तीन पटक बनाउने र भत्काउने काम भईसकेको छ । पटक÷पटक भत्काउने र बनाउने खेलबाट स्थानीय आजित छन् ।

अहिले निर्माण भई रहेको नाला पनि अब, केही वर्ष भित्रै पुन: भत्काउनु पर्ने हुन्छ । फास्ट ट्र¥याक निर्माण सम्पन्न भएपछि अहिलेको यस राजमार्गले सावारी साधनको चाप धान्न सक्दैन् । त्यसका लागि पुन: सकडको चौडाई विस्तार गर्नु पर्ने हुन्छ । त्यसबेला फेरि निर्माण भई रहेको यस नाला पुन: भत्काउनु पर्ने नै हुन्छ । यो भत्काउनु पर्ने समय बढीमा तीन वर्ष हुन सक्छ । किनकी , नेपाली सेनाले निर्माणका लागि जिम्मा पाएको चार वर्ष भित्र निजगढ—काठमाण्डौं जोड्ने राष्ट्रिय गौरवको आयोजना फास्ट ट्र¥याक निर्माण सम्पन्न गर्ने घोषणा गरि सकेको छ । एक वर्षको समायावधि सकि सकेको छ ।

निर्माण भईरहेका नाला ५३ लाख ८९ हजार नौ सय ७७ रुपैयाँ ९३ पैसामा सिमपानी निर्माण सेवा प्रालि दोलखाले जिम्मा पाएको हो । शहीद चोकमा जम्मा भएको पानी नालामा परिवर्तन भएको र सो दुषित पानीबाट स्वास्थ्यमा विभिन्न नकरात्मक प्रभाव नपारोस् भनेर तत्कालका लागि नाला निर्माण गरिएको निजगढ नगरपालिकाले जनाएको छ । तत्कालको समस्या समाधानका लागि नाला निर्माण गरिएपनि राजमार्ग फराकिलो बनाएपछि नाला भत्काइनु पर्ने सम्भावना रहेको नगर प्रमुख सुरेश कुमार खनालले बताउनु भयो ।

आफुहरुलाई स्थानीय सरकार भन्ने जनप्रतिनिधीहरु समेत दिगो विकासका लागि निकास निकाल्नतर्फ अघि बढेको पाइँदैन । यसरी स्थानीय सरकार निजगढ नगरपालिका जनप्रतिनिधिहरु सस्तो लोकप्रियतामा नैं रमाउँन थालेपछि निर्माणका नाममा ‘राज्यको लगानी बालुवामा पानी’ भन्ने उखान चरित्रार्थ भएको स्थानीयहरुको बुझाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);