अन्तराष्ट्रिय परमाणु सम्झौताका प्रमुख प्रतिबद्धता इरानद्वारा स्थगित गर्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २१ २०८१, बुधवार

अन्तराष्ट्रिय परमाणु सम्झौताका प्रमुख प्रतिबद्धता इरानद्वारा स्थगित गर्ने निर्णय

america-iran

काठमाडौं, २६ बैशाख । अन्तराष्ट्रिय परमाणु सम्झौताबाट अमेरिका पछि हटेको एक वर्षपछि इरानले त्यसका प्रमुख प्रतिबद्धताहरूलाई स्थगित गरेको छ ।

इरानले सम्झौताका बाँकी हस्ताक्षरकर्ताहरू फ्रान्स, जर्मनी, रुस, चीन र ब्रिटेनलाई यससम्बन्धी निर्णयबारे जानकारी गराएको छ । इरानी राष्ट्रपति हसन रुहानीले विशेष खालको युरेनियमलाई अन्य देशमा बिक्री गर्नुको सट्टा आफ्नै देशमा त्यसको प्रवर्द्धन गर्ने बताएका छन् । उनले युरेनियमको उत्पादनलाई अबको ६० दिनमा उच्च तहमा पु¥याउने चेतावनी समेत दिएका छन् ।

यो सम्झौता इरानको परमाणु महत्वाकांक्षालाई सीमित पार्ने लक्ष्यसहित ऊमाथिको रहेको प्रतिबन्ध खुकुलो पारेर गरिएको थियो । सम्झौताबाट पछि हट्दै अमेरिकाले प्रतिबन्धहरू पुनः लगाएपछि इरानको अर्थतन्त्रमा नराम्ररी धक्का लागेको छ । इरानका विदेशमन्त्री जावद जरिफले सम्झौता अन्तर्गतको अधिकारबमोजिम इरानले काम गरिरहेको र अब तीन युरोपेली शक्तिले त्यसमा काम गर्नुपर्ने बताएका छन् । चीन र रुसले वर्तमान परिस्थितिका लागि वासिंटन दोषी रहेको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);