संसदमा छलफल जारी, नीति तथा कार्यक्रम सतही भएको विपक्षी दलका सांसदहरुको आरोप | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

संसदमा छलफल जारी, नीति तथा कार्यक्रम सतही भएको विपक्षी दलका सांसदहरुको आरोप

gyanendra bahadur karki

काठमाडौं, २३ बैशाख । संघीय संसदको प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले सरकारको नीति तथा कार्यक्रममाथि आ-आफ्नो धारणा राखेका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले सरकारको नीति तथा कार्यक्रम सतही भाषण मात्रै भएको टिप्पणी गर्नुभयो । उहाँले नीति तथा कार्यक्रम महत्वकांक्षी, अस्पष्ट, अमुर्त र काम भन्दा प्रचारमुखी रहेको उल्लेख गर्नुभयो ।

सत्तारुढ दल नेकपाका सांसद कृष्णभक्त पोख्रेलले नीति तथा कार्यक्रम तिथी मिति सहित वस्तुनिष्ठ र बैज्ञानिक ढंगबाट ल्याईएको भन्दै सरकारको बचाउ गर्नुभयो ।

राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्ने, संघीय संसद भवन निर्माण, सार्वजनिक जग्गा फिर्ता लगायतका अत्यन्तै राम्रा कार्यक्रम समयसिमा सहित आएको भन्दै उहाँले अब कार्यान्वयनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । बैठकमा अन्य सांसदहरुले पनि सरकारको नीति तथा कार्यक्रममाथि आ आफ्नो धारणा राखेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);