काठमाडौं, १२ बैशाख । राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको दृष्टिकोणबाट पनि अन्तराष्ट्रिय सम्बन्ध विकास गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका अध्यक्ष अनुपराज शर्माले मानव अधिकारको दृष्टिकोणबाट पनि अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार नेपाल विश्व सम्बन्ध परिषदले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मानव अधिकारको दृष्टिकोणले अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्न सरकारले कुनै पहल गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।
नेपालमा भुटानी शरणार्थी, तीब्बती शरणार्थीको समस्या रहेपनि सो समस्या समाधानका लागि सरकारले कुनै पहल गर्न नसकेको अध्यक्ष शर्माको भनाई छ ।
अध्यक्ष शर्माले अन्तर्राष्ट्रिय सम्बन्धलाई विस्तार गर्न मानव अधिकारको प्रत्याभूति गराउन हरेक राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिए ।