हङकङ अदालतद्वारा तीन नेतालाई जेल सजायको फैसला | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

हङकङ अदालतद्वारा तीन नेतालाई जेल सजायको फैसला

Hongkong jail

काठमाडौं, ११ बैशाख । हङकङको एक अदलतले सन् २०१४ को कब्जा आन्दोलनका मुख्य नेताहरुलाई बुधबार जेल सजायको फैसला गरेको छ ।

लोकतन्त्र समर्थकहरुले गरेको कब्जा आन्दोलनमा पूर्वप्राध्याक र समाजशास्त्री तथा पादरीसहित तीन जनालाई सार्वजनिक शान्ति खलल पारेको आरोपमा जेल सजाय दिएको हो । विश्लेषकहरुले अदालतको आदेशलाई राजनीतिक स्वतन्त्रता खुम्च्याउने कदमका रुपमा व्याख्या गरेका छन् । जेल सजाय भएकाहरुमा ५४ वर्षीय प्राध्यापक ताई ताई, ६० वर्षीय समाजशास्त्री चैन किन–मेन छन् ।

७५ वर्षीय सेवा निवृत्त पादरी चु यिउ–मिङकोको भने पद निलम्बन गरि सेवासुविधा रोक्का गरेको छ । तीनै जनामाथी लागेको ७९ दिन लामो कब्जा आन्दोलनमा योजना बनाउने तथा समर्थक जुटाउने गरेको आरोपमा अदालतले दोषी ठहर गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);