फलामलाई सुन भनेर १९ लाख ठगी गर्ने पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

फलामलाई सुन भनेर १९ लाख ठगी गर्ने पक्राउ

काठमाडौं, ३ बैशाख । फलामलाई सुनको टुक्रा भनेर ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार पत्रकार सम्मेलन गरी फलामलाई सुनको टुक्रा भनेर १९ लाख रुपैयाँ ठगी गर्ने नुवाकोट दुप्चेश्वरका पूर्णबहादुर तामाङ तथा काभ्रे चौरी देउरालीका चन्द्रबहादुर श्रेष्ठ, प्रविण श्रेष्ठ र सुवाष श्रेष्ठलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

उनीहरुले सामाखुसी रानीबारीका राजेश विश्वकर्मालाई ४ वटा फलामको टुक्रालाई सुन भनेर बिक्री गरी १९ लाख रुपैँया ठगी गरेको उजुरी परेपछि अनुसन्धानको क्रममा पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए।

पक्राउ परेका उनीहरुको साथबाट ७० हजार नगद बरामद गरिएको र अन्य रकम पनि असुली गर्ने काम सुरु गरिएको प्रहरीले जनाएको छ । ठगी गरिएको सो रकम तामाङले ९ लाख, चन्द्र, प्रविण र सुवाषले क्रमशः ३÷३ लाखका दरले बाँडेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।