आईपीएल: चेन्नइद्वारा राजस्थान रोयल्स पराजित | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

आईपीएल: चेन्नइद्वारा राजस्थान रोयल्स पराजित

chennai-mahendra sigh dhoni

काठमाडौं, २९ चैत । शीर्ष स्थानको चेन्नई सुपर किङ्सले भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा छैटौं जित निकालेको छ ।

बिहीवारराति जयपुरमा भएको खेलमा घरेलु टोली राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गर्दै चेन्नईले छैटौं जित निकालेको हो । राजस्थानले दिएको १५२ रनको लक्ष्य चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो । उसका लागि कप्तान महेन्द्र सिंह धोनी र अम्बाती रायडुले अर्धशतकीय इनिङ्स खेले । धोनीले ५८ रन जोड्दा रायडुले ५७ रन बनाए । राजस्थानका बेन स्टोक्सले दुई विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर १५१ रन बनाएको थियो । राजस्थानका लागि बेन स्टोक्सले २८ रन जोड्दा जोस बट्लरले २३ रनको योगदान दिए । चेन्नईका रविन्द्र जडेजा, सार्दुल ठाकुर र दिपक चहरले समान २/२ विकेट लिए । जितसँगै शीर्ष स्थानको चेन्नईले ७ खेलबाट १२ अंक जोडेको छ । ६ खेलमा २ अंक जोडेको राजस्थान लिगको सातौं स्थानमा छ ।